आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न उत्तर कोरिया राजी :अमेरिकी विशेष दूत स्टेफन बेगन


एजेन्सी – उत्तर कोरियाले आफ्ना सबै युरेनियम र प्लुटोनियम प्रशोधन केन्द्र र सम्पूर्ण परमाणु सामग्री नष्ट गर्ने प्रतिबद्धता जनाएको उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बेगनले दाबी गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गत अक्टोबरमा गरेको उत्तर कोरिया भ्रमणका दौरानमा उत्तर कोरियाले त्यस्तो प्रतिबद्धता जायर गरेको दाबी गरेको हो । लामो समयपछि सार्वजनिक रूपमा बोलेका स्टेफेन बेगनका अनुसार उत्तर कोरियाली नेता किम जङ अनले आफ्ना सबै हतियार केन्द्रहरू सशर्त नष्ट गर्न तयार रहेको जानकारी अमेरिका र दक्षिण कोरियालाई दिइसकेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशले परमाणु निशस्त्रिकरण र सम्बन्ध विकासको विषयमा उत्कृष्ट प्रगति भएको बताएका छन् ।
ओभल कार्यालयमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ-उनसँगको वार्ताको समय र स्थान चाँडै जानकारी गराउने बताए । ट्रम्प र किमबिच वार्ताको तयारी छ । दुई नेताबिच गएको वर्ष सिंगापुरमा पहिलो भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement