एसपी बाँस्तोलाको इन्ट्रीलगत्तै बर्दियामा समातिए ८ फरार अभियुक्त


बर्दिया– बर्दियामा नयाँ प्रहरी प्रमुख आएलगत्तै ८ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

एसपी राजेशनाथ बाँस्तोलाले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै बर्षौदेखि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

प्रहरी प्रधान कार्यालयबाट जेठ १ गते त्यस जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी बास्तोलाले आउन साथ फरार अभियुक्तको फाईल पल्टाउन सुरु गरका थिए ।

फलतः प्रहरीकै आँखा अगाडी लुकेर बसेका ८ जना फरार अभियुक्तहरु पक्राउ परि कैद सजय भुक्तानीका लागि कारागार चलान भएका छन् ।

पक्राउ पर्नेमा ५७ वर्षीय वलिराम खुना थारुलाई प्रहरीले घटनाको झण्डै १८ बर्ष पछि पक्राउ गरि अदालतमा बुझाएको छ ।

त्यस्तै ३६ वर्षीय टेकबहादुर विक, ३९ वर्षीय फगुना थारु, सोही स्थानका क्रमशः २७ वर्षीया लालरानी चौथरी, ३८ वर्षीया मिठु सार्की, बर्ष ३८ का सुमन चौथरी र ३१ वर्षीय रामकिसन थारु पनि पक्राउ परेका छन् ।

त्यस्तै, सरकारी कागज किर्ते गर्ने ठाकुरबाबा नगरपालिका ५५ वर्षीय राजु भन्ने राजन ढुङ्गानासहित ८ जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement