रकम असुल गर्ने प्रहरीका दुई एसपी र एक इन्सपेक्टरको पांच ग्रेड घटुवा


काठमाण्डु – आर्थिक अनियमितता गरेको आरोप लागेका नेपाल प्रहरीका दुई जना उच्च अधिकारी र एक अधिकृतलाई कार्वाही गरेको छ ।नेपाल प्रहरीले आर्थिक अनियमितता गरेको आरोपमा एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा इन्सपेक्टर मेघराज चौरसियालाई कार्वाही गरेको हो ।

एसपी बस्नेत २०७५ चैतदेखी २०७६ असोजसम्म र यादव ०७६ असोजदेखि ०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुखको रुपमा कार्यरत थिए । छानविनको क्रममा उनिहरुले चालक र बडिगार्डबाट रकम असुलेको पुष्टि भएको छ ।

उनीहरु तीनै जनाले प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमतिता गरेको पुष्टि भएपछि मुख्यालयलाई कार्वाही गरेको हो । एसपी यादव र बस्नेतको पाँच ग्रेड घटुवा र इन्सपेक्टर चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी स्रोतले जनाएको छ ।

यसअघि नै निलम्बनमा परेका उनिहरुको प्रहरी प्रधान कार्यालयले एसएसपी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति नै बनाएको थियो । उक्त छानविन समितिले उनिहरुले सेवाग्राहीहरुबाट रकम असुलेको पुष्टि भएपछि घटुवा गर्ने निर्णय गरेको हो । यादव र बस्नेत दुवै जना राष्ट्रिय अनुसन्धानबाट २०५८ सालमा जनपद प्रहरीमा आएका अधिकारीहरु हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement