अर्जेन्टिनाविरुद्ध स्पेनको गोलबर्षा, ६–१ को फराकिलो जित


 बलियो मानिएको अर्जेन्टिनाविरुद्ध स्पेनले गोलबर्षा गरेको छ । घरेलु मैदानमा भएको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले इस्कोको ह्याट्रिकमा ६–१ गोलअन्तरको फराकिलो जित दर्ता गराएको हो । स्पेनका लागि रियल मड्रिडका मिडफिल्डर इस्कोले २७, ५३ र ७४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । स्पेनका लागि गोलको खाता भने डिएगो कोस्टाले १२ औँ मिनेटमा खोलेका थिए ।

त्यसैगरी अन्य २ गोल खेलको ५५ औँ मिनेटमा थियागोले र ७३ औँ मिनेटमा असपासले गरे । रसियामा हुने विश्वकपको तयारीका लागि भएको यो मैत्रीपूर्ण खेलमा स्पेनले अर्जे्न्टिनाका सबै कम्जोरी छताछुल्ल पारिदिएको छ । अर्जेन्टिनाका लागि एक मात्र सान्तवना गोल डिफेन्डर निकोलस ओटामेन्डीले खेलको ३९ औँ मिनेटमा गरेका थिए ।

स्पेनविरुद्धको खेलमा तीन प्रमुख खेलाडी लियोनेल मेसी, सर्जियो एग्युएरो र एन्जेल डि मारिया भने मैदानमा थिएनन् । उनीहरु तीनैजना चोटग्रस्त भएकाले खेलेका थिएनन् । यसअघिको मैत्रीपूर्ण खेलमा अर्जे्न्टिनाले इटालीलाई २–१ ले पराजित गरेको थियो

प्रतिक्रिया दिनुहोस
Advertisement