सहयोग जुटाउन परराष्ट्रमन्त्री सक्रिय,स्पेन र बेलायती मन्त्रीसंग टेलिफोन वार्ता


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्पेनकी विदेशमन्त्री अरन्चा गोन्जालेज लायाबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्रालयले दुवै देशका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले टेलिफोन वार्ताका क्रममा नेपाल कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला स्पेनले गरेको सहयोगप्रती विदेशमन्त्री लायालाई धन्यवाद व्यक्त गरेका थिए ।

स्पेनकी विदेशमन्त्रीले कोरोना भाइरस नियन्त्रणका तथा रोकथाममा नेपाललाई सहयोग गर्न भेन्टिलेटर्स र अन्य स्वास्थ्य उपकरण पठाउने घोषणा गरेकी थिईन । नेपालमा रहेका स्पेनीहरुको उद्धारका लागी उक्त सामाग्री लिएर भोली जहाज काठमाण्डु अवतरण गर्दैछ ।

स्पेनका लागी नेपाली राजदूत दावाफुटी शेर्पा पनि भोली नेपाल आउंदैछन् । राजदूत शेर्पाले सहयोग जुटाउनको लागी स्पेन सरकारका अधिकारी र गैरसरकारी निकायसंग छलफल गरेकी थिईन । यसअघि अमेरिका र युरोपेली युनियनले पनि नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले आजै बेलायतका राष्ट्रमण्डल तथा विकास मामला हेर्ने राज्यमन्त्री तारिक अहमदसंव भर्चुअल बैठक गरेका छन् । आजको भर्नुअल बैठकमा दुवै देशले सामना गरिरहेको कोरोना महामारी, यसका चुनौती र द्विपक्षीय सहयोगसम्बन्धमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement