सभामुख र चिनियां राजदूतबीच भेटवार्ता : व्यापारिक नाका सुचारु गर्नेबारे छलफल


काठमाण्डु – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोट र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास लैनचौरमा शुक्रवार बिहान भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको उनको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल ‘एक चीन नीति’मा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता उनले जनाए । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि र कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमीको प्रशंसा गरेका थिए ।

भेटमा चीनतर्फका नाकाहरु बन्द भएकोबारे समेत सभामुखले चांसो राखेका थिए । उनले दुई देशबीचका व्यापारिक नाका सुचारु गर्नका लागि पहल गर्न आग्रह गरेका थिए । सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत सिन्धुपाल्चोक हो । पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात सहज रुपमा समेत नभएको गुनासो छ ।

भेटमा राजदूत होउ यान्छीले नेपाल चीनको असल छिमेकी मुलुक भएको भन्दै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गरिन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement