प्रचण्ड-ओली छलफल : सभामुखमा गजुरेलको नाममा सहमतीको सम्भावना


काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा नयां पात्रको नाम प्रस्ताव गरेका छन् । रिक्त सभामुख पदमा सत्तारुढ दलका दुवै अध्यक्षको आ–आफ्नै अडानका कारण हप्तौदेखी संसद अवरुद्ध छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयनबारे छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डले नेता हरिवोल गजुरेललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए ।

‘अहिले चर्चामा आएका नाममा तपाई सहमत नहुने हो भने नयां नाममा सहमती गरेर भएपनि अघि बढौं, तर संसदलाई यसरी बन्धक बनाउंदा बहिर राम्रो सन्देश गएको छैन् ।’ बैठकमा प्रचण्डले भनेको भनाई उद्दृत गर्दै बालुवटार स्रोतले भन्यो ।  उनले गजुरेललाई बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले सोचेर भोली छलफल गर्ने बताएका थिए ।पुर्व माओवादी नेताहरुले सभामुख कुनै पनि हालतमा छोड्न नहुने अडान लिएपछि प्रचण्डले सभामुख आफ्नो समुहले पाउनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री ओली भने नेताहरु सुवास नेम्वाङ्ग वा हाल उपसभामुख रहेकी शिवमाया तुम्वाहाम्फेमध्ये एक जनालाई बनाउने पक्षमा छन् ।

पुर्व माओवादी समुहबाट नेता अग्नी सापकोटा र प्रभावशाली नेतृ पम्फा भुसालमध्ये एक जना बनाउने तयारी थियो । तर, सापकोटाको नाममा सहमती हुने सम्भावना कम भएपछी वरिष्ठ नेता गजुरेलको नाम प्रस्ताव भएको हो । सभामुखमा विवाद हुंदा दुवै नेताबीच संवादहिनताको अवस्था थियो । दुवै नेताको चार दिन बोलचाल समेत बन्द भएको नेकपा स्रोत बताउंछ । नेकपा महासचिव विष्णु पौडेलले दुवै नेताको विचमा मध्यस्थकर्ताको भुमिका खेलेका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रवार पनि बैठक हुनेछ । दुवै नेताको बीचमा नाममा सहमती हुन सकेको छैन् । तर, माघ ६ गतेबाट संसद बैठक सुरु गर्ने गरी छलफल अघि बढेको महासचिव पौडेलले जानकारी दिएका छन् ।आजको वैठकमा सभामुखको टुंगो लाग्ने सम्भावना छ । तर, सभामुखको लागी पुर्व माओवादीबाट गजुरेल र हाल उपसभामुख रहेकी तुम्बाहाम्फेको सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement