नेपाल र स्वीट्जरल्याण्डको संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ बन्ने

नेपाल र स्वीट्जरल्याण्डको संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले शिष्टाचार भेट गरेकि छिन् । सभामुखको कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताएका हुन् ।

भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकाेमा उनलाई बधाई र शुभकामना व्यक्त गरिन् । सभामुख महराले लामो विद्रोहलाई शान्ति प्रक्रियामार्फत् टुङ्गोमा पु¥याई देशको समृद्धिमा लागिरहेको बताए ।

“शान्ति प्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ”उनले भने, “सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौँ ।” शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गरे ।

सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझै सुमधुर बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएकाे सभामुखको सचिवालयले जनाएको छ । राजदूतले नेपालले शान्ति प्रक्रिया लगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकामा खुसी व्यक्त गरिन् ।