रवि लामिछानेको सांसद पद रिक्त भएको सभामुखद्वारा सदनलाई जानकारी 


काठमाण्डु –  सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सांसद् नभएको जानकारी गराएका छन्। सर्वोच्च अदालतबाट प्राप्त पत्र बाचन गर्दै उनले लामिछाने सांसद् नरहेको जानकारी गराएका हुन्।

उनले प्रतिनिधिसभा नियमावली बमोजिम अब एक सांसद् पद रिक्त भएको उनको भनाइ छ। सर्वोच्च अदालतले निर्वाचन लड्दा लामिछाने अवैध नागरिकता प्रयोग गरेको ठहर गरेको थियो।

अदालतको आदेशपछि सांसद र मन्त्री पद गुमाएका लामिछानेले त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement