कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम गर्दिँन : सभामुख सापकोटा


चौतारा – सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन् ।

बिहीबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् ।

सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको समेत बताए ।

यस्तै उनले फरक प्रसङ्गमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement