सशस्त्रमा १६ जना एसएसपीहरुको बढुवा सिफारिस(सूचीसहित)


काठमाण्डु – सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीहरुको बढुवा सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीलाई कन्फर्म गर्ने निर्णय गर्नुका साथै अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । उनि ०५५ सालमा असईमा भर्ना भएका थिए । अर्को व्याचबाट प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वांई कामु एसएसपी दिपेन्द्र कुंवरलाई ११ नम्बरबाट दुई नम्बरमा ल्याइएको छ । उनि आफ्नो व्याचमा एक नम्बरमा बढुवा भएका छन् ।

तेस्रोमा महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् । उनि यसअघि वरियतामा एक नम्बरमा थिए ।

बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

शसस्त्रमा एसएसपी बढुवाको तयारी : ज्वांईलाई अघि ल्याउन बालुवाटारको हप्कीदप्की

प्रतिक्रिया दिनुहोस
Advertisement