गृहमन्त्रीका सल्लाहकारको सिफारिसमा ललितपुर प्रहरी प्रमुख बने एसएसपी धानुक


काठमाडौं– सरकारले ललितपुरका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) गणेशबहादुर ऐरको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले ऐरको सरुवा गरी एसएसपी रवीन्द्र धानुकलाई ललितपुर प्रहरी प्रमुख बनाएको हो।

धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए। उनलाई बाग्लुुङबाट ललितपुर ल्याउन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदीको आर्शिवाद छ। सुवेदीकै सिफारिसमा गृहमन्त्री थापाले धानुकलाई ललितपुर ल्याएका हुन्।

धानुुकलाई यअसघि कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन नेकपा माओवादीका नेता एवं तत्कालीन गृहमन्त्री जनार्दन शर्माले धानुुकलाई ५ भदौ २०७४ मा काठमाडौं प्रहरी प्रमुखमा ल्याएका थिए।

तर, आइजीपी नियुुक्ति विषयको मुुद्दामा धानुकसँग देउवा र तत्कालीन आईजीपी प्रकाश अर्याल रिसाएका थिए। सरकारले आइजीपी नियुक्ति प्रकरणमा छानबिन गर्न निर्देशन दिएपनि तत्कालीन सरकारले पूर्व डीआईजी एवं एमालेका सांसद नवराज सिलवालमाथि मात्र छानबिन थालेपछि धानुक विपक्षमा उभिएका थिए। र, अन्ततः देउवाले धानुकको सरुवा गरिदिएका थिए।

पढनुहाेस्

गृहमन्त्री र आईजीपीकाे ‘स्वार्थ नमिल्दा’ फेरिए काठमाडौं प्रहरी प्रमुख

प्रतिक्रिया दिनुहोस
Advertisement