समाचार सुरक्षा

सामाजिक सञ्जालको दुरुपयोगले हिंसा बढ्योः एसएसपी सुवेदी

काठमाडौं – प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृतिबाट सृजित अपराध बढेको बताएका छन् ।

dish home

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंको कालिकास्थानमा आयोजित अन्तरक्रियामा उनले लागूऔषध दुव्र्यसन, समाजिक सञ्जालको बढ्दो दुरुपयोग जस्ता कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए । उनले हत्या, हिंसा र बलात्कारका घटना गत वर्षको भन्दा दोब्बर बृद्धि भएको बताए । निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारकारकर्मीबाट जनचेतनाका थुप्रै कार्यक्रम भए पनि घटना बढ्दै जानु चुनौतिको विषय बनेको बताए ।

पाँच सय वटा हत्या घटनाको विश्लेषण गर्दा एक सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको उनले जानकारी दिए ।

सामाजिक सञ्जालको दुरुपयोगले हिंसाका घटना बढाएको अध्ययनले देखाएकोे उनले बताए । उनले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाइएको उल्लेख गरे ।

पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ वर्ष भन्दा मुनिका बालिका भएको उल्लेख गर्दै उनले घरपरिवार, नातागोता, छिमेकी, सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताए । शान्ति सुरक्षा स्थापनामा प्रहरीलाई समुदायको सहयोग जरुरी रहेको उनले स्पष्ट पारे । उनले अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न समुदायलाई आग्रह गरे ।

कार्यक्रममा सहभागी महानगरपालिका २८ र २९ वडाका स्थानीयले शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएका थिए । सडकको दुरावस्था, चोरीका घटना बृद्धि, मिटरमा ट्याक्सी जान नमान्ने जस्तो गुनासो स्थानीयले प्रहरीसँग राखेका थिए ।

काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तण्डुकारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक काजी कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top