११ एसएसपीको सरुवा :अपराध महाशाखामा सिंह,निलम्बित लोहनी जगेडामा


काठमाडौं–गृहमन्त्रालयले ११ जना एसएसपीको सरुवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले एसएसपीको सरुवा निर्णय प्रहरी प्रधान कार्यालयलाई पठाएका हुन्। प्रहरी प्रधान कार्यायले भनेको छ,‘ गृहमन्त्रालय (मन्त्रीस्तरीय) निर्णय।

सरुवा अनुसार महानगरीय अपराध महाशाखा काठमाडौंमा एसएसपी धीरजप्रताप सिंह आएका छन्। उनी यसअघि संघीय प्रहरी इकाइ कार्यालय बागमतीमा थिए।

महाखाकाका तत्कालीन एसएसपी दिवस लोहनी साढे ३३ किलो सुनकाण्डमा मुछिएपछि निलम्बनमा परेका थिए। उनीविरुद्ध मुद्दा चलाइएको छ। उनलाई जगडामा राखिएको छ।

एसएसपीको सरुवा शुक्रबार राति भएपनि ढिलो गरेर सूची सार्वजनिक भएको हो।

गृहले शुक्रबार नै प्रदेश इन्चार्जमा डिआइजी खटाउनुका साथै अन्य डिआइजीको सुरुवा गरेको थियो।

हालै मात्र एसएपीबाट डिआइजीमा बढुवा भएका १६ जना र एसपीबाट एसएसपीमा बढुवा भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतको पदस्थापन गरेको थियो। एक जना एसएसपी हाल मिसनमा रहेका छन्।

को कहाँ हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस
Advertisement