४० प्रतिशत सडक बालबालिकालाई परिवारको जिम्मा लगाइयो

४० प्रतिशत सडक बालबालिकालाई परिवारको जिम्मा लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ४० प्रतिशत सडक बालबालिकाहरुलाई परिवारको जिम्मा लगाइएको छ । उद्धार भएका बालबालिकाहरुमा छ जना महिला र बाँकी सबै पुरुष रहेको छ। उनीहरु सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखाका रहेको जनाएको छ ।

मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् ।

उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् । उद्धार गरीएकामध्ये बढीभन्दा बढीलाई परिवारसँग मिलन गराउने आश्रको दायित्व र उद्देश्य हो, त्यसका लागि अहिले सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हाल काठमाण्डु उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ ।

कामपा, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गत वैशाख २३ गतेदेखि संयुक्त रूपमा वडा नं ८ तिलगङ्गामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई सेन्टरमा राखेर पहिचान गरिएको थियो । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिँदै उनले भने हामी काठमाण्डु सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ ।

“पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो, असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो”, उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनुपर्नाको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षालगायत विषयमा जानकारी लिएको थियो । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको थियो ।