सुभद्रा वाइबाले पाइन कोटेश्वर प्रभागको जिम्मेवारी


काठमाडौं – महानगरीय प्रहरी प्रभाग कोटेश्वरको जिम्मा इन्स्पेक्टर सुभद्रा वाइबालाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार गरेको काज सरुवा अनुसार कोटेश्वर प्रहरीको कमाण्ड सम्हाल्दै आएकी इन्स्पेक्टर एलिजा गिरीको सरुवा भएपछी, प्रहरी प्रभाग कोटेश्वरको नेतृत्व वाइबालाई दिइएको हाे ।

गिरीको प्रहरी मुख्यालय मानवअधिकार सेलमा सरुवा भएपछी सोही सेलमा कार्यरत इन्स्पेक्टर वाइबालाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ । इन्स्पेक्टर वाइबा दुई बर्ष अगाडी महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीको प्रमुख समेत रहेकी थिइन् ।

२०७५ भाद्र ३१ गते घुस काण्डमा मुछिएका महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेपछि गिरीलाई कोटेश्वरको जिम्मा दिइएको थियाे ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement