प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा सुवेदी नियुक्त


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो ।

सुवेदी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गर्न लागिपरेका अभियन्ता हुन् । उनी यसअघि भारतको राजदूत बन्न प्रयासरत थिए । तर, सरकारले उनलाई अन्ततः परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

सुवेदी भूराजनीति तथा विदेश मामिलाका जानकार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement