विकट क्षेत्रमा सेवा दिन चाँडै १० विमान खरिद गर्दैछौं : मन्त्री किराती


विराटनगर – पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन विमान खरिद गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विमान खरिद गर्ने बताए ।

पहाडी र हिमाली क्षेत्रका जनताले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले जनताको सुविधाका लागि जहाज खरिद गर्न लागिएको बताए ।

विकट गाउँमा सुत्केरी हुन नसकेको अवस्था भए पनि सबैले हेलिकोप्टर चार्टर्ड गर्न नसक्ने भएकाले मृत्युवरण गर्नुपर्ने अवस्थाबाट मुक्ति दिन पनि थप जहाज आवश्यक भएको उनले बताए ।

१० वटा ट्वीनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले चालू आर्थिक वर्षभित्र विमान आइसक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement