सुडानका बन्दुकधारीद्वारा १७ नागरिक मारिए


एजेन्सी – सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा परी १७ नागरिक मारिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा यसै हप्ता मात्रै दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

हतियारधारी समूहले डार्फर राज्यको पहाडी क्षेत्र जेबेल मुनमा आक्रमण गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल चादसँगको सिमा क्षेत्रमा पर्दछ ।

बिहीबार भएको घटनामा परी अरु केही घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रमणकारीहरुले आगजानी गरेर चार गाउँ पुरै जलेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

“लडाकूहरुले जेबेल मुनका गाउँहरुमा आक्रमण गरेका र आगजनी गरेका छन्, घरहरु जलेपछि दर्जनौ मानिस विस्थापित भएका छन्,” स्थानीय एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement