बझाङमा ७५ मेगावाट हाइड्रो पावरको निर्माण हुदै


राजेन्द्रबहादुर सिंह

बझाङ – नेपाल विद्यृत प्राधिकरणले लाइन विस्तार नगरेको बझाङ जिल्लामा निजि क्षेत्रको लगानीबाट ठूलो परिमाणको हाइड्रो पावर निर्माण हुन थालेको छ । बझाङको बुङगल नगर पालिकामा रहेको कालङगा खोलाबाट अहिले ७५ मेगावाट कालङगा हाइड्रो पावरको निर्माणकार्य तीव्र रुपमा भइरहेको छ ।

उक्त हाइड्रोपावर सुदूरपश्मिकै हालसम्मको बढी क्षमता भएको बताइएको छ । निर्माणधिन अवस्थामा रहेको कालङगा हाइड्रो करिव १३ अर्वको लगानीमा ४ वर्ष भित्र सम्पन्न हुने कालङगा हाइड्रो प्रा.लि ले जनाएको छ । १४ किलोमिटर सुरुङ मार्गद्धारा निर्माण गरिने उक्त हाइड्रो पावरको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भइसकेको जनाईन्छ । ठुलो आर्थिक लगानीमा निर्माण हुन थालेको उक्त हाइड्रोको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयबासीलाई शेयर हस्तान्तरण गरिने कालङगा हाइड्रो प्रा.लिका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

कालङगा हाइड्रो निर्माणका लागि माछापुच्छे ,एनएमवि र सिविल बैंकको ८० प्रतिशत र कालंङगा हाइड्रो प्रालिको २० प्रतिशत लगानी रहेको छ । अपर कालंङगा ३८ ,सानीगाड, १५ र तल्लो कालंङगा १५,र मध्य कालंङगा १० मेघावाट गरी ४ ठाउंबाट कुल ७५ मेगावाट विद्यृत उत्पादन हुने भएको छ । गत भदौ देखि निर्माण कार्य संचालन हुदै आएको उक्त हाइड्रो मा करिव ७ सय कामदारहरु संलग्न रहेका छन् । हाइड्रो निर्माणका क्रममा यतिखेर स्थानीयबासीहरु समेत लाभान्वित भएका छन् ।

उज्यालोका मारमा परेका सुदुरपश्मिेली आगामी ४ वर्ष भित्र उज्यालो तिर लम्कने आशा पलाएको छ । हाइड्रो पावर शुरु भएसंगै निर्माणाधिन क्षेत्रमा प्रालिको लगानीमा २५ किलो मिटर कच्ची सडक निर्माण गरिएको छ । सडक जोडिंदा बुङगल नगरपालिका स्थित बमर, गिरौ,पाउटा लगायतका दुर्गम बस्तीका बासिन्दा लाभान्वित भएका छन् ।

अपर कालङगा हाइड्रो निर्माणका लागी ८ किलोमिटर सुरुङ निर्माण गरिने जनाइएको छ । त्यस्तै मध्य कालंगा हाइड्रो निर्माणका लागी ३ किलो मिटर र सानीगाडका लागी २ किलोमिटर सुरुङ निर्माण हुने समेत प्रालिले जनाएको छ । आईतवार कालङगा हाइड्रो प्रा.लि संचालक समितिका अध्यक्ष उमेश श्रेष्ठ लगायत संचालन समितिको टोलिले उक्त हाइड्रो पावरको अध्ययन अनुमन गरेको छ । काम संचालन भएसंगै सो क्षेत्रका बजारमा ब्यापार ब्यवसाय बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement