निर्देशक सुदर्शन थापाले गरे ‘इन्गेजमेन्ट’ 


काठमाण्डु – निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।

सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल र्‍याडिसनमा औँठी साटासाट गरेका हुन् । सुप्रिया मोडल पनि हुन् ।

हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement