सिराहाका प्रहरी प्रमुखलाई फिर्ता बोलाइयो, एसपी पाण्डेलाई जिम्मवारी


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख एसपी सुदीप राज भण्डारीलाई फिर्ता बोलाएको छ ।

उनलाई प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको तीन महिना अगाडि सरुवा गरेका थिए ।

सिराहामा नयाँ एसपीलाई पठाइएको छ । उनको ठाउँमा एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

एसपी पाण्डे एक दुई दिनभित्र हाजिर हुने प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिए । एसपी पाण्डे प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement