ललितपुर– गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नभएको दाबी गरेका छन् ।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बिहीबार उनले शासकीय रवाफका लागि नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताए ।
पदीय जिम्मेवारीमा रहँदा देशका लागि राम्रो काम गर्ने गुरुङको प्रतिबद्धता थियो ।
गुरुङले ललितपुर महानगरपाकिकाका मेयर चिरिबाबु महर्जनको काम गर्ने शैली उदाहरणीय र प्रशंसा योग्य रहेको भन्दै गृह मन्त्रालयले पनि उनीबाट सिक्न प्रयास गर्ने बताए ।
महानगरपालिकाले कला, संस्कृति र सभ्यता संरक्षणमा गरेको काम अनुकरणीय रहेको उनको भनाइ थियो । ललितपुर पुग्दा आफूलाई गौरब महसुस हुने गरेको उल्लेख गरे ।




प्रतिक्रिया