नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिम सरकार संकटमा, मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सहज छैन


काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी गराएका थिए ।

तर, सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित निर्णायक रहेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेको छ । आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी हुन् । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने स्पष्ट देखिन्छ । यो संगै सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ ।

रावलले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दा एमालेसहित, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेको थियो। त्यसमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement