मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


काठमाण्डु- सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो ।

 

प्रदेशसभाले सरकारको आग्रहमा बैठक स्थगित गरेको जनाइएको छ । मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो ।

सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पुरा नभएसम्म विश्वासको मत नदिने जनाएपछि रावलले विश्वासको मत नपाउने पक्का पक्की भएको हो । नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement