रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई पत्र पठाएपछि मन्त्रिपरिषद् विस्तार अन्यौलमा


काठमाण्डु-सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा आएर धकेलिएको छ । मंगलबार नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागि गराउँदै मन्त्रीपरिषद् बिस्तारको तयारी गरिएको थियो।

तर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई सरकारमा सहभागि हुन नसक्ने पत्र लेखेपछि मन्त्रिपरिषद् विस्तार फेरी अन्यौलमा परेको हो। उनले सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निणर्य भएको जानकारी दिइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएकी अध्यक्ष श्रेष्ठले पठाएको पत्रमा पार्टीको केन्द्रको निणर्य र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नभएको उल्लेख छ ।

मंगलबार लेखिएको पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।’

यसअघि नागरिक उन्मुक्तिले प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको थियो । सोही अनुसार दलको कार्यालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement