सुदूरपश्चिम सरकारले पायो पूर्णता, को-को बने मन्त्री ?


काठमाण्डु- सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले पाँच महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मन्त्री मण्डललाई पूर्णता दिएका मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी नागरिक उन्मुक्तिकै कैलाश चौधरी दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराएका छन् । ।

प्रतिक्रिया दिनुहोस
Advertisement