बालुवाटारमा सहमतिः नाउपाका चौधरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्दैँ


काठमाण्डु- सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

आज बालुवाटार सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो । जसअनुसार बाँकी रहेको कार्यकालमा पहिलो एक वर्ष नाउपा र बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति भएको छ ।

बालुवाटारको छलफलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेताहरुको सहभागि थियो ।

सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिमम दिन हो । जसअनुसार नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement