सुदूरपश्चिममा पहिलो दल बन्यो कांग्रेस, एमाले दोस्रो (विवरणसहित)


काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको निर्वाचन अन्तर्गत नेपाली कांग्रेस पहिलो दल बनेको छ । ८८ वटा स्थानीय तह रहेको सुदूपश्चिममा ८६ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । नेपाली कांग्रेसले सबै भन्दा बढी ३८ स्थानीय तहको प्रमुखमा जित निकालेर सुदूरपश्चिममा पहिलो दल बन्न सफल भएको हो ।

त्यसैगरी नेकपा एमाले २५ वटा स्थानीय तहमा विजयी हुँदै दोस्रो दल बनेको छ । यता नेकपा मोओवादी केन्द्रले १४ वटा स्थानीय तहमा जित निकालेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादी भने एउटा गाउँपालिका र एउटा नगरपालिकामा मात्र बिजयी भएको छ । सुदूरपश्चिको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा भने कुनै दलका उम्मदेवारले जित निकाल्न सकेनन् ।

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी विजयी भएका छन् । नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी भएका हुन् ।

सुदूरपश्चिममा कुन दलले कहाँ जिते ?

नेपाली कांग्रेस

१. डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२. डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
३. डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
४. डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
५. डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
६. डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
७ डोटीको दिपायल सिलगढी नगरपालीका – वाजी सीं खड्का
८. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
९. डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
१०. डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
११. डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
१२. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
१३. अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१४. अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
१५. अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६. अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
१७. अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
१८ अछामको पञ्चदेवल विनायक नगरपालिका – अम्विका कुमारी चलाउने
१९. बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
२०. बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
२१. बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
२२. बझाङको वित्थडचिर गाँउपालिका –अम्मर सिंह महर
२३ बझाङको सुर्मा गाउपालिका – खडक बहादुर बोहोरा
२४ बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२५. बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
२६. बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
२७. बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
२८ बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
२९. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३०. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३१. बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
३२. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३३. कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
३४. कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
३५. कैलालीको कलौरी गाउँपालिका – राजसमझ चौधरी
३६. कैलालीको लम्की चुहा नगरपालिका – सुशीला साही
३७. कञ्चनपुरको कृष्णपुर नगरपालिका – हेम ओझा
३८. कञ्चनपुरको भिमदत्त नगरपालिका – पदम बोगटी

नेकपा एमाले

१. बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२. बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३. बझाङको तलकोट गाउँपालिका – कलक बहादुर रोकाया
४. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
५ दार्चुलाको दुँहु गाउँपालिका – नरेन्द्र बहादुर वडाल
६ दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
७ दार्चुलाको व्यास गाउँपालिका – मंगल सिंह धामी
८. दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
९. बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चष्द
१०. बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी
११. बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१२. बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
१३. डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
१४. कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
१५. कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
१६. बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
१७. बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१८. बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
१९. बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२०. बाजुराको बुढी नन्दा नगरपालिका – जनक कुमार बोहोरा
२१. कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
२२. कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
२३. अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
२४. अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा
२५. कन्चनपुरको सुक्लाफाँटा नगरपालिका – रणबहादुर महरा

नेकपा माओवादी केन्द्र

१. दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२. दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३. दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४. दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
५. डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्कीे
६. डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
७. अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
८.डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
९. बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
१०. बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
११. छविस पाथिभेरा गाउँपालिका – बसन्त बहादुर चलाउने
१२ . कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१३. कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
१४. कैलालीको गौरिगंगा नगरपालिका – देवी दत्त कडेल

एकीकृत समाजवादी

१. बझाङको केदारस्युँ गाउँपालिका – गणेश बहादुर बोहरा
२. कैलालीको घोडाघोडी नगरपालिका – खडक बहादुर रावत

नागरिक उनमुक्ति पार्टी

१. कैलालीको जानकी गाउँपालिका – गणेश चौधरी
२. कैलालीको जोशीपुर गाउँपालिका – चित्र बहादुर चौधरी
३. कैलालीको टिकापुर नगरपालिका – रामलाल डगौरा थारु
४. कैलालीको भजन नगरपालिका – केवल चौधरी

स्वतन्त्र

१. कैलालीको धनगढी उपमहानगरपालिका – गोपाल हमाल
२. बैतडीको डिलासैनी गाउँपालिका-सन्तोषप्रकाश जोशी

प्रतिक्रिया दिनुहोस
Advertisement