सुगौली सन्धिको सक्कल प्रति गायब


काठमाडौं – सुगौली सन्धिको विषमया पटक पटक प्रश्न उठ्ने गरेको छ। सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे कसैले खोजी गरेको छैन।

तत्कालीन समयमा कतिवटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ? त्यो भने यकिन जानकारी बाहिर आएको छैन । तर, पक्ष राष्ट्रको हैसियतमा नेपालले पनि राखेको सो सन्धिको प्रति अहिले यत्रतत्र खोजीको विषय बनेको भए पनि भेट्टाउन नसकेको राष्ट्रिय अभिलेखालय बताउँछ ।

यसको संरक्षणको जिम्मेवारी पाएको राष्ट्रिय अभिलेखालयले यसबारे खोजी भइरहेको बताउने गरेको छ ।

तर, उसले पनि न त कतै सुगौली सन्धिको प्रति पाउन सक्यो न त ऐनले दिएको अधिकार प्रयोग गरेर मुलुकबाहिर सो सन्धि खोज्न जान नै सक्यो ।

यद्यपि, अहिले पनि अभिलेखालय सुगौली सन्धिको प्रति कसरी पाउने भनेर त्यसको खोजी जारी रहेको बताउँछ। आजको राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
Advertisement