शपिङ सेन्टरबाट किनेको पुरानो सुटकेसमा ४९ लाख रुपैयाँ फेला


वासिङटन– आजको जमानामा इमान्दारिता पाउनु ठूलै भाग्यको कुरा हुन्छ । तर अमेरिकाको सेन्ट्रल मिचिगनमा रहेका ५० वर्षीय होबर्ड किर्बीले इमान्दारिताको नमुना प्रस्तुत गरेका छन् ।

उनले केही दिन पहिले सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट एउटा पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलेर हेरिन् पुरा परिवार सुटकेसमा रहेको पैसा देखेर अचम्ममा परेका थिए । उक्त सुटकेसमा ४९ लाख रुपैयाँ बराबरको डलर फेला परेको थियो ।

मीडिया रिपोर्टका अनुसार पहिले त परिवारलाई यति धेरै पैसा देखेर के गर्ने भन्ने निर्णयनै गर्न सकेनन् । होबर्टले यो पैसाले आफ्नो घरको कर्जा तिर्ने र रिटायरमेन्टमा राम्रो जिन्दगी गुजार्न सक्ने सोचे ।

यसैबीच उनले आफ्नो वकिलसँग पनि सल्लाह गरे । उनका वकिलले पनि यो पैसा आफैसँग राख्नका लागि सल्लाह दिए । किनकी यो पैसाको विषयलाई लिएर उनलाई कसैले कानुनी कारवाही गर्र्न सक्ने थिएनन् ।

तर पछि होबर्डले यो पैसा सक्कली मालिकलाई फिर्ता दिने सोचे । यस बारेमा उनले आफ्ना नातेदारसँग पनि सुझाव मागे । यसपछि उनको नातेदारले पनि उनको फैसलाप्रति समर्थन जनाए । यसपछि होबर्टले नोटले भरिएको सुटकेस सोही शपिङ सेन्टरका मेनेजरलाई फर्काइदिए, जहाँबाट उनले सुटकेस किनेका थिए ।

जब यो सुटकेसको सक्कली मालिकको खोजी भयो, उनी न्यूबेरीको एक परिवारको भएको पत्ता लाग्यो । उक्त परिवारले पिताको निधन भएपछि कुनै खोजतलास नगरिकन उक्त सुटकेस सहित अन्य सामान सेकेन्ड ह्यान्ड शपिङमा लगेर दान गरेका थिए ।

यो शपिङ सेन्टरले आवश्यकता भएका मानिसलाई सस्तो बस्तु उपलव्ध गराउदै आएको छ । शपिङ सेन्टरका मालिकले होबर्ड किर्बीको इमान्दारिताको प्रशंशा गर्दै उनले सुटकेश फर्काएपछि सुटकेशको सक्कली मालिक खोज्ने जिम्मेवारी आफ्नो भएको र पैसा फर्काउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement