एक महिनादेखि १५ वर्षीया सुजता बेपत्ता


काठमाडौं – एक महिनादेखि किशोरी बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ ।

dish home

यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया किशोरी सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।

उक्त दिन दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु (काकाका छोरा) विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयले पनि बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस