काठमाण्डु – रूपन्देहीको बुटवलमा देशैभरका सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् ।
देशका विभिन्न स्थानबाट बुटबल आएका सुकुम्बासीहरू प्रदर्शन गरेका हन् । प्रदर्शनका कारण बुटवलको ट्राफिक अस्तव्यस्त भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नागरिकमाथि सरकारले डोजर चलाएर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन गरेका हुन् ।
बुटबलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत भएको छ ।
‘सरकारले गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा कुनै विकल्प नदिई डोजर चलाएर उठीबास लगाउने काम गरिरहेको छ । त्यसको सशक्त प्रतिवाद गर्न आन्दोलन गर्नुपरेको हो’ संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।
उनीहरूले सोमबार बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गर्ने पनि तयारी गरेका छन् । सम्मेलनमा विज्ञ, अधिकारकर्मी तथा विभिन्न जिल्लाका प्रतिनिधिको सहभागिता रहनेछ ।
सम्मेलनले राष्ट्रियस्तरको संघर्ष समिति गठन गर्ने तथा सरकार र प्रमुख राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्ने जनाइएको छ ।










प्रतिक्रिया