बिवादस्पद ब्यापारी सुमार्गीको पक्षमा सर्वोच्चको फैसला


काठमाडौं – सर्वोच्च अदालतले ब्यवसायी अजय सुमार्गीले विदेशबाट ल्याएको लगानी नरोक्न अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीको कम्पनी नेपाल स्याटेलाईट टेलिकमले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गरेको छ ।

समार्गीको कम्पनीले नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय बालुवाटारलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।  सर्वोच्चका न्यायाधीश केसीको इजलासले बैंककमा रकम रोकिंदा निवेदक सुमार्गीको उद्योगलाई क्षति पुग्न गइरहेको तत्काल चाहेको बेला रकम निकाल्न दिन आदेश दिएको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि फागुन २ गते बोलाएको छ।

राष्ट्र बैंकको निर्देशनमा सुमार्गीले विदेशबाट ल्याएको रकम नेपालका विभिन्न बैंकहरुमा रोकिएको छ । राष्ट्र बैंकले स्रोत नखुलेको रकम भन्दै सुमार्गीको २ अर्ब १० करोड रकम रोकेपछि त्यसलाई खुलाउन उनले लामो समयदेखी चलखेल गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement