६० किलो सुन ल्याउनु अघि ३ सय २ किलो सुन तस्करी गरेको खुलासा


काठमाण्डु- ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बुधबार सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको हो ।

प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। एआइजी बज्राचार्यका अनुसार ६० किलो सुन तस्करीमा संलग्न रहेकाहरूले ३ सय २ किलो सुन तस्करी गरेको खुलेको छ ।

‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३ सय २ किलो सुन पनि तस्करी भएको देखियो । ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’, उनले भनिन् ।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ । ६० किलो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement