सुन्दर यातायातले पुरानै भाडादरमा बस सञ्चालन गर्ने


काठमाडौं – सुन्दर यातायातले पुरानै भाडादरमा आफ्नो सेवा सञ्चालन गर्ने भएको छ । यातायातले मंगलबारबाट काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सरकारले सार्वजनिक यातायातले बढीमा ५० प्रतिशतसम्म भाडा वृद्धि गर्न सकिने व्यवस्था गरेपनि पुरानै भाडादरमा यात्रा गराउने जनाएको हो ।

कम्पनीले कोभिड १९ महामारी भित्रनु पूर्व नै यात्रुहरूको ज्वरो जाँच गरेर यात्रा गराउने गरेको जनाउँदै अहिले पनि सुरक्षामा कुनै कमी हुन नदिने जनाएको छ ।

यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ ।

‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement