आज बिहानैदेखि वर्षा, कुन प्रदेशमा कस्तो छ मौसम?


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशैभरी सामान्यदेखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन  र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसाे देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन  र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा  मेघगर्जन  र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साथै राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन  र चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ ।

साेमबार भने देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन  र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन  र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement