काठमाण्डु– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताएका छन् ।
सोमबार सुरुङमार्ग उदघाटन पछि बोल्दै लम्सालले हराएको उक्त शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् । ओलीले २०७६ साल कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए ।
मन्त्री लम्सालले अब देशैभर यस्ता सुरुङमार्गहरु बन्ने बताए । उदघाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘अब देशैभरी यस्ता टनेल बन्छन्, यो टनेलले धेरै कुरा सिकायो, हामी टनेल युगमा प्रवेश गरेका छौं ।




प्रतिक्रिया