कांग्रेस संसदीय दल बैठकमा सुनिल शर्माकाे प्रश्न: अहिले कांग्रेस सरकारमा छ कि छैन?


काठमाण्डु – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् ।

नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दलकाे बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । १ सय किलाे सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

आफूलाई प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको उनको आरोप छ। शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा उनलाई सिआइबीले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएपछि उनी थुनामुक्त भएका थिए। उनले अहिलेको सरकारमा कांग्रेस छ कि छैन भन्ने प्रश्‍न पनि गरेका थिए।

‘मैले मान्छे मारेको छैन, सुन तष्करी गरेको छैन। तैपनि मलाई पक्राउ गरियो, हातपात गरियो,’ उनले गुनासो गरे, ‘अहिलेको सरकार आतंककारीहरूको सरकार हो।’ उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement