भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सुनकोसीमा भेटियो

भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सुनकोसीमा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला परेको छ।

खोलाले बगाएको ४ दिन पछि सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा सोमबार बोलेरो चालकको शव फेला परेको हो ।

बोलेरो चालक भोटेकोसी गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले पुष्टि गरे ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकैबाट बिहीबार भोटेकोसी नदीमा बा २० च २१८५ नम्बरको बोलेरो खसेको थियो।

दुर्घटनामा ज्यान गुमाउने बाह्रबिसे नगरपालिका–९ कि ३५ वर्षीया सुन्तली तामाङको शव शनिबारै भेटिएको थियो।

गत शुक्रबार बिहान बाह्रबिसे नगरपालिका–६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा खसेको बोलेरो ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त अवस्थामा बोलेरो नदीबाट निकालेको थियो।