अभिनेता सन्नी देवललाई कोरोना संक्रमण


एजेन्सी – बलिउड अभिनेता सन्नी देवललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

केही दिनयता आफ्नो परिवारसँग छुट्टी मनाउन कुल्लु जिल्लाको मनालीस्थित आफ्नो फार्महाउसमा गएका सन्नीलाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हिमाञ्चलका स्वास्थ्य सचिव अमिताभ अवस्थीले मंगलबार सन्नीलाई कोरोनाको संक्रमण भएको पुष्टि गरेका छन् ।

स्वास्थ्य सचिवका अनुसार सन्नी त्यहाँबाट भोलि मुम्बई फर्किने तयारी गरिरहँदा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अब उनी केही दिन हिमाञ्चलमा नै रहनेछन् ।

छुट्टी मनाउन गएको उनको परिवार भने मुम्बई फर्किसकेको छ । संक्रमित भएका ६४ वर्षीय सन्नी हाल चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement