सनराइज बैंकद्वारा त्रिविमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग


काठमाण्डु –  सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग सीएमडी बिच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग सीएमडी त्रिभुवन विश्वविद्यालय एम.वि.एसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको छ ।

देशै भरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यले बताए।

आज एक कार्यक्रममा त्रिविविको परिसरमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल लगायत त्रिविव का अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement