सन्‌राइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा बिस्तार


काठमाण्डु –  सन्‌राइज बैंक लिमिटेडले बैँकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैँकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैँकिङ्ग सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा बैँकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं-०३ लौन्डिहवा,कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.-०६, गुलरा र कावासोती नगरपालिका वडा नं.-१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)माशाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ। बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिनेतथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकमभुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिनसकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुखआयस्रोत रहेको सो क्षेत्रकाबासिन्दाहरुमा बैंकिङ्गपहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement