सुनसरी घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

सुनसरी घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।

देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मेहताको उपचारको क्रममा मृत्यु भएको काठमाण्डुपाटीलाई जानकारी दिए ।

योसँगै घटनामा मृतकको संख्या दुई पुगेको छ । यसअघि सोमबार बिहान देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन लागि प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीबाट ९ जना घाइते भएका थिए ।