सुनसरीका सीडीओ र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने गृह मन्त्रालयको तयारी

सुनसरीका सीडीओ र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने गृह मन्त्रालयको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बोलबम यात्राका क्रममा हिंसात्मक घटना भएपछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा सावधानी अपनाउन नसकेको आरोपमा दुवै पदाधिकारीलाई गृह मन्त्रालय झिकाउने तयारी छ ।

सरकारले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएपछि सीडीओ र प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न खडा भएको छ ।