सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र बेल्जियमकी राजदूतको सुनुवाइ १४ कात्तिकमा

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र बेल्जियमकी राजदूतको सुनुवाइ १४ कात्तिकमा

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला, नित्यानन्द पाण्डे र बेल्जियमका लागि प्रस्तावित राजदूत परराष्ट्रसचिव सेवा लम्सालको १४ कात्तिकमा संसदीय सुनुवाइ हुने भएको छ।

संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीशद्वय निरौला, पाण्डे र राजदूत लम्सालको एकैदिन सुनुवाइ गर्ने गरी सचिवालयले प्रस्ताव पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी पेस प्रस्ताव बैठकले पारित गरेको हा्े ।

समितिको अर्को बैठक आगामी १४ कार्तिकमा बिहान ८ बजेका लागि बोलाइएको छ।