न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध परेनन् उजुरी, माघ २० गते सुनुवाइ हुने

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध परेनन् उजुरी, माघ २० गते सुनुवाइ हुने


काठमाण्डु – संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते गर्ने भएको छ ।

सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उनको संसदीय सुनुवाइ माघ २० गते गर्ने निर्णय गरेको छ ।

सोमबारको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरेका छन् ।

१० दिनअघि प्रस्तावित सदस्यउपर कुनै उजुरी वा शिकायत भए पठाउन सार्वजनिक सूचना जारी गरिएकोमा कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ ।