एमाले संसदिय दलको नेतामा शाह निर्बिरोध ,उपसभामुखमा माओबादी केन्द्रले जोशीलाई उम्मेदवार बनाउने  


अत्तरिया- प्रदेश नम्बर सातमा नेकपा एमालेले संसदिय दलको नेता छनौट गरेको छ । आज बिहान एमाले उपाध्यक्ष भिम रावलको उपस्थितीमा बसेको दलको बैठकले बाजुराबाट निर्बाचित सांसद प्रकाश बाहादुरको नाम सर्बसम्मितीले चयन गरेको हो ।

संसदीय दल नेताका लागि दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्ट, तारा लामा पनि आकांक्षी थिए । हिजो मात्रै दलले उपाध्यक्ष रावललाई दलको नेता छान्ने जिम्मा दिएको थियो ।

यस्तै माओबादी केन्द्रले सात नम्बर प्रदेशको उपसभामुखमा निर्मला बडाल जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान प्रदेश कार्यलय अत्तरियामा प्रदेश इन्चार्ज लेख राज भट्ट सहित ,उप्लब्ध सांसद ,जिल्ला इनचार्जहरुको बैठकले जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेस सातका प्रचार बिभाग प्रमुख ओम बिक्रम भाटले जानकारी दिए ।

आज नै बाम गठबन्धनका दुबै दलले मन्त्रीहरुको पनि टुण्गो लगाउने भएका छन । मन्त्रीका लागी आकांक्षी धेरै भएपछी शिर्षनेताहरु अपठ्यरोमा परेका छन । दलहरुले आज नै सानो आकारको भएपनी मन्त्रीमन्डलको सपथ गराउने गरी छलफल अगाडी बढाएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement