यी तीन मुख्य न्यायाधीश बने सर्वोच्चको न्यायाधीश, राष्ट्रपतिले गरिन नियुक्त


काठमाडौं–तीन जना मुख्य न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीश बनेका छन्।

 

 

उच्च अदालत तुलसीपुर, सुर्खेत र पाटनका तीन जना मुख्य न्यायाधीशलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वाेच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन्। सर्वाेच्चको न्यायाधीश बन्नेमा बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्ता रहेका छन्।

 

 

नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मुख्य न्यायाधीशमा नियुक्त गरिन।

 

नवनियुक्त न्यायाधीशहरुले मंगलबार नै राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement