कोरोनाका कारण रोकिएका सेवा विस्तार गर्ने सर्वोच्चको निर्णय


काठमाण्डु – कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि सर्वाेच्च अदालतले आजदेखि सेवा विस्तार गरेको छ ।

उपत्यकामा निषेधाज्ञा सुरुभएसँगै गम्भीर संवैधानिक र अत्यावश्यक मुद्दामा मात्रै सुनुवाइ गर्दै आएको सर्वोच्चले आजदेखि रोकिएका थप सेवा विस्तार गरेको हो ।

सोमबार बसेको पूर्ण बैठकले बैशाख दोस्रो साताबाट रोकिएका थप सेवा विस्तार गर्ने निर्णय गरेको थियो । बैशाखकोसर्वोच्चले सेवा कटौती गरेको थियो । अब पुनरावेदनहरु समेत दर्ता हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement